विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको कोभिडि उपचार केन्द्रमा कोरोना संक्रमितको मृत्यु भएको छ । दम र सुगरका विरामी भइ साउन २४ गते भर्ना भएका विराटनगर ५ का ५७ वर्षिय पुरूषको उपचारको क्रममा बुधबार ५ बजे मृत्यु भएको हो ।

अक्सिजन दिएर राखिएको विरामी उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारयण यादवले जानकारी दिए । ‘दम र सुगरका विरामी रहेका कोरोना संक्रमित विरामी ४ दिनदेखि कोभिड अस्पतलामा उपचारत थिए,’ डा. यादवले भने, ‘उपचारको क्रममा बुधबार ५ बजे मृत्यु भयो ।’

यो सँगै विराटनगरमा कोरोना कारणले मृत्यु हुनेको संख्या पाँच पुगेको छ । विराटनगर ५ वडामा यस अघि पनि ७७ वर्षका एक जना वृद्धाको कोशी अस्पतालमा मृत्यु भएको थियो । यस अघि विराटनगर ९ मा दुई जना र १० वडामा १ जनाको कारोनाले मृत्यु भएको छ ।