ब्लाष्टखबर । प्रदेश १ मा आज ४८ जनामा काेराेना संक्रमण देखिएकाे छ । संक्रमितहरू मध्याे ३८ जना पुरूष र १० जना महिला रहेकाे सामाजिक विकास मन्त्रालयले आजकाे काेभिड–१९ अध्यावधिक अपडेटमा उल्लेख गरेकाे छ ।
मन्त्रालयका अनुसार आज प्रदेश १ मा सबै भन्दा बढि माेरङमा २४ जना, सुनसरीमा १४ जना, झापामा ९ जना र प्रदेश १ स्थाइ ठेगाना नभएका १ जना रहेका छन्।
संक्रमण देखिएकाहरू मध्य माेरङकाे विराटनगरमा १२ पुरूष, बबिया १ पुरूष, गुलुमका १ पुरूष र रंगेलीका ३ महिला र ६ पुरूष रहेका छन् ।
त्यस्तै, सुनसरीकाे धरानमा ४ महिला र ५ पुरूष, दुहबीमा ३ पुरूष र काेशी गाउपालिकाका २ पुरूष रहेका छन् ।
झापाकाे मेचिनगरका ३ महिला र ३ पुरूष र भद्रपुरका ३ पुरूष रहेका छन्, भने प्रदेश बाहिर राैर, रैतहटका १ जना पुरूष रहेकाेअपडेटमा उल्लेख गरीएकाे छ ।
मन्त्रालयका अनुसार आज १ हजार ८ सय ७८ जनामा पिसिअार परिक्षण गरिएकाे छ । प्रदेश १ मा हाल सम्म स्थाइ ठेगाना प्रदेश १ रहेका १५९८ जना र प्रदेश १ बाहिरका १३ जनामा काेराेना संक्रमय पुष्टिभएकाे छ । हाल २ सय ५९ जना अासाेलेसनमा रहेका छन् ।