ब्लाष्टखबर । विपि काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा मृत्यु भएका माेरङका काेराेना संक्रमितकाे शव व्यावस्थापनकाेलागी माेरङ पठाइएकाे इलाका प्रहरी कार्यलयका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताएका छन् । उनले धरानबाट प्रहरीले करिब २ बजे स्कटिङ गरी पठाइएकाे बताएका छन् । 

एक साता अघि प्रतिष्ठानकाे आइसोलेसन वार्डमा भर्ना भएका बुढीगंगा गाँउपालिका २ मोरङका ५५ बर्षिय पुरुषको उपचारका क्रममा निधन भएको आज बिहान ३ बजे मृत्यु भएकाे थियाे ।

जिलला प्रहरी माेरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मानबहादुर राइका अनुसार मृतकलाइ कानेपाेखरीकाे जङ्गलमा अन्त्येष्टी  गरिने बताएका छन् ।