ब्लाष्टखबर । धरान स्थित विपि काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।
करिव एक साता अघि प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना भएका बुढीगंगा गाँउपालिका २ मोरङका ५५ बर्षिय पुरुषको आज बुधबार बिहान निधन भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताएका छन् । मृतककाे शव व्यवस्थापनको लागि आवश्यक समन्वय भइरहेको पनि डिएसपी बस्नेतले बताए ।
याेसंगै प्रतिष्ठानमा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या ४ पुगेकाे छ भने, प्रदेश १ का स्थाइ ठेगाना भएका काेराेना संक्रमितकाे मृत्यु हुनेकाे संख्या ७ जना पुगेकाे छ । त्यस्तै, प्रदेश १ भित्र काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या ९ पुगेकेा छ ।