ब्लाष्टखबर। धरानमा आज बिहानै ७ जनाकाे काेराेना संक्रमण पुष्टि भएकाे छ । संक्रमण पुष्टि भएकाहरूमा धरान १५ का ३७ वर्षिय महिला, ६९ र ३३ वर्षीय पुरुष गरि ३ जना, १६ का २४ वर्षीय पुरुष र २१ वर्षीय महिला गरि २ जना, ८ नं. वडाका ३८ वर्षीय पुरुष रहकाे उपमहानगरकाे स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले बताएका छन् ।
धरान १८ ठेगाना उल्लेख भएकाे एक व्यक्तिमा पनि संक्रमण प्रष्टि भएपनि उक्त व्यक्ति वडावासी नभएर विपि प्रतिष्ठान भित्रैकाे हुनसक्ने १८ का वडाध्यक्षले बताएका छन् । त्यस्तै, धरान १५ मा स्वाव संकल गराएका धनकुटाबाट प्रदेशसभाकी संसद र उनकाे श्रीमानलाई पनि संक्रमण प्रष्टि भएकाे छ । उनीहरू इटहरूीमा बस्दै आएका छन् ।