विराटनगर / विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टि स्पेशियालिटि हस्पिटलको आकिस्मक सेवा बिहीबार रातीदेखि पुनः संचालनमा आएको छ ।
स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि बन्द भएको न्यूरो अस्पतालको आकस्मिक सेवा पूर्ण रूपमा सेनिटाइज गरेपछि संचालनमा ल्याएको हो ।
अस्पतालमा कार्यरत कर्मचारी र उपचाररत सेवाग्राहीको कोरोना जाँच गराई अस्पतला पूर्ण रूपामा सेनिटाइज गरेपछि संचालनमा ल्याएको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । अस्पतालको इमरजेन्सी वार्डमा कार्यरत एक चिकित्सकमा कोरोना देखिएपछि शनिबारबाट अस्पताल सिल गरिएको थियो ।

‘अस्पतालमा कार्यरत कर्मचारी र उपचाररत विरामीगरी गरि तीन सय भन्दा बढीको कोरोना परिक्षण गरियो,’ उनले भने, ‘संक्रमित देखिएका आइसोलेसनमा बसेका छन् । कोरोना रिर्पाेट नेगेटिभ भएकाहरु अस्पताल आएका छन् । अस्पताल निर्मलीकरणपछि बिहीबार साँझ ७ बजेबाट इमरजेन्सी सेवा सुरु गरेको उनले बताए ।

न्यूरो अस्पतालमा कार्यरत पाँच स्टाफ नर्स, एक डाक्टर र एक विरामी कुरुवालाई कोरोना संक्रमण देखिएको थियो । संक्रमित नर्सलाई अस्पतालको आफ्नै आइसोलेसन वार्ड निर्माण गरेर राखिएको भट्टराईले बताए ।