ब्लाष्टखबर/ कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा फैलदै गएपछि धरान उपमहानगरपालिकाले ७ दिन लकडाउन गर्ने  निर्णय गरेको छ ।

आज बसेको कार्यपालिका बैठकले आज मध्यराती १२ बजेदेखि साउन २८ गतेसम्म लकडाउन लागु हुने निर्णय भएको वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले जानकारी दिए ।

औषधी पसलबाहेक सबै पसल, व्यवसाय तथा सवारीसाधनहरु बन्द गर्ने निर्णय भएको पनि अध्यक्ष नेत्र काफ्लेले जानकारी दिए ।

napa