विराटनगर । कोरोना रिपोट पोजेटिभ आइसक्दा विराटनगर स्थित कोशी अस्पतालको आइसोलेनमा उपचारत कोरोना संक्रमित एक जना बृद्धा पुरूषको मृत्यु भएको छ ।
विराटनगर – ५ का ७७ वर्षिय पुरूषको सोमबार दिउँसो ३ बजे उपचारको क्रमममा मृत्यु भएको कोशी अस्पताल आइसोलेनका प्रमुख डा. लक्ष्मीनारयण यादवले जानकारी दिए । ‘संक्रमित पुरूष सोमबार दिउँसो १० बजे कोशी अस्पताल आएका थिए,’ उनले भने, ‘ स्वास्व प्रश्वासमा र ज्वारो आएपछि स्वाब संकलन साढे १० बजे गरियो । कोरोना पोजेटिभ रिपोट ३ बजे आइसक्दा ती पुरूषको मृत्यु भयो ।’ अस्पताल ल्याउँदा अक्सिनको पनि मात्रा कम रहेको डा. यादवले बताए ।
‘अक्सिनको मात्रा ९० भन्दा बढी हुनुपर्ने हो,’ राउण्डमा रहेका मुटु रोग विशेषयज्ञ डा. प्रवेस झाले भने, ‘अस्पताल ल्याइपु¥यादा ६५ मात्र थियो । उपचारको क्रममा मृत्यु भयो ।’ कोशी अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको पहिलो केस हो । यसअघि मोरङको सुनवर्षीका एक पुरुषको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । कोरोना संक्रमितको मृत्यु भएपछि परिवारको सहमतिमा नेपाली सेनाको टोलीले शव व्यवस्थापनको गर्ने अस्पतालले जनाएको छ ।