विराटनगर / विराटनगरस्थित विराट नर्सिङ्ग होम (विराटनगर अस्पताल) शिल भएको दुइ सातापछि पूर्ण रूपमा सोमबारदेखि संचालनमा आएको छ ।
अस्पतालका संचालकसमेत रहेका एक जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिकाले गत साउन ८ गते शिल गरेको थियो । दुईसातासम्म अस्पताल सेनिटाइजि गरेपछि संचालनमा ल्याएको सोमबार अस्पतला परिसरमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरूको स्वाब संकलन गरि पीसिआर प्रविधिबाट परीक्षण गरि अस्पताललाई पूर्णरुपमा सेनिटाइज गरेर सञ्चालनमा ल्याएको अस्पतालका प्रशासन प्रमुख पदम विनाडीले जानकारी दिए । ‘अस्पताल सिल गरेपछि हामीले यहाँ कार्यरत सम्पूर्ण कर्मचारीको स्बाव संकलन गरेका थियौं,’ रिपोट पोजेटिभ आउने कोडिभ अस्पताल र नेगेटि आएका स्वास्थ्यकर्मी र कर्मचारी अस्पतामा रहेका छौं ।’
अस्पताल पूर्णरुपमा सञ्चालन गर्न आफूहरु तयार भए पनि नेपाल चिकित्सक संघ कोशी शाखाले जारी गरेको विज्ञप्तिलाई सम्मान गर्दै अर्काे सूचना जारी नभएसम्म आकस्मिक सेवा मात्र सञ्चालनमा ल्याइएको विनाडीले बताए । ‘दुई साता शिल गरेपछि अस्पताल सेनिटाइजि गरेर पुनः सञ्चालन गर्न पाएकोमा हामी धेरै खुसी छौं,’ विनाडीले भने, ‘अस्पतालले गुज्रने परेको यस्तो अवस्थामा माया, साथ, सहयोग र विश्वास गरिदिनुहुने सबैलाई धन्यवाद ।’