विराटनगर । सामुदायमा कोरोना भाइरस फैलिएपछि शनिबारदेखि विराटनगर महानगरपलिका भित्र लकडाउन भएको छ । शुक्रबार मध्यरातीदेखि लागू हुने गरि गरि साउन ३० गतेसम्म लागू हुने गरि विराटनगरमा लकडाउन गरिएको हो ।

birt-1

अन्य बेला मानिसहरूको भिडभाडले अशान्त हुने विराटनगर लकडाउन गरिपछि शनिबार विहानदेखि बजार क्षेत्र सुनसान देखिए पनि सडकमा केही सर्वसाधरण आवतजावत देखिएको छ । महानगरस्तरीय कोभिड क्राइसीस मेनेजमेन्ट कमिटि (सीसीएमसी)को शुक्रबार बसेको बैठकले लकडाउनको घोषणा गर्ने निर्णाय गरेको थियो ।

birt-2

महानगरमा कोरोना भाइरस संक्रमितको संख्या लगातार बढेका कारण लकडाउन गर्ने निर्णय भएको हो । शुक्रबार साँझ सम्म विराटनगर महानगरपालिका भित्र कोरोना क्रमितको संख्या १ सय ७ पुगेको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

birt-3 birt-4 birt-5 birt-6 birt-7 chakenign