धरान / इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद–उल–अजहा (बकर ईद) को अवसरमा प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले शुभकामना सन्देश जारी गरेका छन् ।
उनले स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली मुस्लिम समुदायहरुमा सुख शान्ति सुस्वास्थ्य दिर्धायु एवंम् प्रगतिको शुभकामना व्यक्त गरेका हुन ।

‘इदुल फित्र अर्थात रमजान पर्वको ७० औँ दिन, इस्लामिक पात्रोको १२ औं तथा अन्तिम महिना ‘जुलहिज्जाह’ को १० औँ दिनमा मनाइने बलिदानी पर्वको रुपमा लिइने यस पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्वको भावनालाई अझ मजबुत बनाउदै हाम्रो मौलिक संस्कृति र परम्पराहरुको संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विशवास लिएको छु ।’–उनले जारी गरेको सन्देशमा भनिएको छ ।

एक अर्काको धर्म, सँस्कृति, परम्परालाई सम्मान गर्ने हामी नेपालीको विशेष पहिचानलाई दिगो बनाउदै यो पर्वले नेपालीहरु बिचमा एकता तथा आपसी सदभावको भावनालाइ थप अभिवृद्धि गर्दै मुलुकको आर्थिक विकास र समृद्धिको साझा राष्ट्रिय लक्ष्य प्राप्तिको मार्गमा दृढताका साथ अगाडी बढ्ने प्रेरणा प्रदान गर्ने सभाभुख भण्डारीले भनेका छन् ।