ब्लाष्टखबर । आज मध्य रातबाट दुई हप्ताकालागी विराटनगरमा पुन : लकडाउन गरिने भएकाे छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयमा आज बसेकाे उच्चस्तरीय बैठकले परिस्थितिको अध्यान गरी स्थानीय तह आफैंले निर्णय गर्न सक्ने बताए पछि यस अघि नै लकठाउन गर्ने मनासाय बनाएकाे विरटनगरमा राती १२ बजेबाट दुई हप्ताका लागी लकडाउन गरिने भएकाे हाे ।
बैठक पछि विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीले लकडाउन घोषणा गरिएको जानकारी दिएका छन् ।