ब्लाष्टखबर । ईलाममा बृद्ध भत्ता लिएर फर्कदै गर्दा बाटैमा एक बृद्धकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा देउमाई नगरपालिका-४ की ७२ बर्षीया सन्च रानी लिम्बु रहेकी छिन् । उनि बिहिबार नगरपालिककाको कार्यालयमा बृद्ध भत्ता लिन गएककी थिइन् । भत्ता थापेर घर फर्केकी लिम्बु देउमाई नगरपालिका-२ मा रहेको सार्की खोलामा मृत्त अवस्थामा फेला परेकाे ईलाका प्रहरी कार्यालय मंगलबारेले जनाएकाे छ । स्थानियले शव देखिपछि प्रहरीलाइ सुचना दिए लगातै
मंगलबारेबाट खटिएकाे प्रहरी टोलीले मृतकको कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।