ब्लाष्टखबर । काेराेना संक्रमणका बिरामीहरूकाे उपचारकालागी निजि अस्पतालले ३ हजार ५ सय देखी १५ हजार सम्म शुल्क लिएर उपचार गर्न पाउने भएकाे छ ।

जसमा काेराेनाकाे सामान्य लक्ष्यण भएका विरामीहरूका लागि  ३ हजार ५ सय, मध्यम लक्षण भएका विरामीका लागी ७ हजार,  जटिल  विरामीकालागी १५ हजार दैनिक शुल्क लिन सक्ने स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जोगेश्वर गौतमले बताएका छन्  । 

जनस्वास्थले सुचसकृत गरेका लेबल १,२, ३ बाहेकका निजि अस्पतालहरूमा काेराेना उपचार गराउन चाहे निजि अस्पताल र विरामीकाे सहमतीमा साे शुल्कमा उपचार गराउन सक्ने  प्रवक्ता  गौतमले बताएका हुन् ।

उनले संक्रमितकाे नमुना परिक्षणका लागी ताेकिएकाे शुल्कमा १० प्रतिसत नबढ्नेगरी सेवा शुल्क लिन पाउन बताएका छन् । निजि अस्पतालले संकलित गरेका नमुनाहरू  जनस्वास्थले सुचिकृत गरेका प्रयाेगशालाहरूमा मात्र परिक्षण गर्न पाउने  प्रवक्ता गौतमले बताएका छन्  । उनले परिक्षण स्विकृत पाप्त प्रयाेग सालाहरूले शशुल्क परिक्षणकालागी पनि स्विकृत दिएकाे बताएका छन् ।

 

यसरी परिक्षण गरी एका बिरामीहरूकाे परिचय व्यावस्थापन हुनु पूर्वनै सार्वजनिक भए परिक्षणकाे स्विकृती दिएका प्रयाेगसालाहरूलाइ स्विकृति खारेजि गरिने उनले जानकारी गराएका छन् ।