ब्लाष्टखबर । धरानमा समुदायमा कोरोना संक्रमण फैलिएको हुनसक्ने आशंकामा भाेलीबाट धरान हाता भित्र खाद्यान्न, तरकारी र औषधी जस्ता अत्यावश्यक बस्तुका पसलहरू नियमित भए पनि अन्य पसलहरू बिहान ९ बजेबाट साँझ ५ बजे सम्म मात्र खाेल्न पाउने निर्णय गरेकाे छ ।
धरान १३ का एक युवामा काेराेना संक्रमण पुष्टि भइसंगै काेराेना समुदाय स्तरमा फैलिएकाे हुनसक्ने आशंकामा काेराेना संक्रमण नियन्त्रणकाे छलफल गर्न बसेकाे प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, चिकित्सक, राजनीतिक दलसहितकाे बैठकले साे निर्णय गरेकाे हाे ।
बैठकले सार्वजनिक सवारी साधन भने सरकारले तोकेको मापदण्ड अनुरूप अनुगमन नियमित गर्दै संञ्चालन गर्न दिने भएकाे छ ।
उक्त बैठकले काेराेना संक्रमित र मृतकाे शव बाेक्ने वहान व्यवस्थापनका लागी पुन: भाेलि ११ बजे एम्बुलेन्स चालक तथा शववाहन चलाउने संस्थाको संयुक्त वैठक अाव्हान गरेकाे छ ।