ब्लाष्टखबर । धरानमा समुदाय स्तामा काेराेना फैलिएकाे हुनसक्ने आशंका गरिएकाे छ । ट्रभल हिस्ट्रि नभएका धरान १३ का २८ वर्षीय एक पुरुषमा कोराना संक्रमण पुष्टि भएसगै साे आशंका गरिएकाे हाे ।
तिनकुने स्थित औद्योगिक क्षेत्रमा रहेकाे एक उद्याेमा अडिट गर्नकालागी जाने गरेकाे बाहेक अहिले सम्म अन्य ट्रभल हिस्ट्र खुलि नसकेकाे धरान उपमहानगरपालिकाका स्वास्थ महाशाखाका बरिष्ठ कविराज राम बाबु यादवले बताएका छन् ।
उक्त उद्याेगमा कार्यरत जनकपुरका घर भएक एक व्यक्ति घर र उद्याेग आवतजावत गरेकाे खुलेकाे ईलमका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताएका छन् । उनले भने ' रिपाेर्ट नआउनजेल त्यहाँबाट संक्रमण भएकाे भन्ने अवस्था रहदैन । तथापी उद्याेगलाई सिल गर्न भनेका छाै कर्मचारी र संञ्चालकलाई पनि घरमै बस्न भनेका छाै । '
संक्रमित व्यक्तिको कन्ट्रयाक ट्रेसिङका आधारमा १३ जनाको पहिचान गरी पिसिआर परीक्षण गर्ने तयारी भइरहेको डिएसपी बस्नेतले बताएका छन् । प्रदेश १ का सभामुख प्रदिप भण्डारीपनि संक्रमित युवाकाे सम्पर्कमा रहेको बुझिएको छ ।
धरानमा काेराेना संक्रमण जाेखिम बढेसंगै जाेखिम नियन्त्रण र राेकथामकालागी गर्नु पर्ने तैयारीका विषयमा छलफल गर्न नगर प्रमुख तिलक राईले सिडिओ, जिल्ला प्रहरी प्रमुख सहित सर्वदलिय बैठक आव्हामन गरेका छन् ।
यस अघि धरानका सुरक्षा प्रमुखहरू, ईलाका प्रशासन कार्यालयका प्रमुख र बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक सहितको सुरक्षा बैठकले धरानमा उच्च सतर्कता अपनाउने निर्णय गरेको थियो ।