ब्लाष्टखबर । याेजना शाखामा कार्यरत इन्जिनियरमा काेराेना संक्रमण पुष्टि भएसंगै इटरी उपमहानगरपालिकाका सम्पूर्ण शाखा सहित २० वटै वडा कार्यलय बन्द गरिएकाे छ । ट्राभल हिस्ट्रि नभएकाे कार्यालयमा कार्यरत कर्मचारीमा काेराेना संक्रमण पुष्टि भएसंगै बिहान बसेकाे उपमहानगरकाे आकस्मिक बैठकले सबै वडा कार्यालयबा दिइने सेवाहरू पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हाे ।
बैठकले सम्पूर्ण वडा कार्यालयमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिहकाे स्वाव परीक्षण गरेर आउने रिपाेर्टकाे आधारमा अबस्था हेरेर मात्रै कार्यालय खोल्ने निर्णय भएको नगर उप–प्रमुख लक्ष्मी गाैतमले बताएकी छिन् ।
बैठकले इटहरी भित्र लाग्दै आएको हाटबजार पुर्ण रुपमा बन्द गर्नुका साथै पसल, हाेटल लगायत का व्यावसायहरूकाे स्वास्थ अवस्थालाइ मध्यनजर गरेर मात्र खाेल्न दिइने बताइएकाे छ ।