विराटनगर /  विराटनगरस्थित कोशी अस्पतालको ओपिडि इन्चार्जसहित दुई जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि अस्पतालको ओपिडि सेवा बन्द गरिएको छ ।

अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको कारणले अर्को सूचना नआउने दिनसम्मका लागि अस्पतालको ओपीडि सेवा बिहीबारदेखि बन्द गरेको हो । अस्पतालमा औषधी छिटेर सेनिटाइज गर्नुपर्ने भएकोले अर्को सूचना जारी नहुनुजेलसम्मको लागि ओपीडि सेवा बन्द गरेको कोशी अस्पतालका सुपरिटेन्डेन्ड मेसु डा. चुमनलाल दासले जानकारी दिए ।

उनका अनुसार अस्पतालका ओपीडि इन्र्चाज र कार्यालय सहायकलाई कोराना देखिएको पुष्टि गरेका छन् । कोशी अस्पतलाको ल्याबमा गरिएको परीक्षण रिपोट अनुसार बुधबार राती कोरोना पोजेटिभ देखिएको हो । ‘अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई कोरोना देखिएपछि अस्पतालको ओपिडि बन्द गरिएको हो,’ मेसु दासले भने, ‘ओपीडि बन्द गरेपछि अहिले अस्पताल सेनिटाइजर गरिने काम हुनेछ । त्यसपछि अस्पतालको ओपिडि सुचारू हुनेछ ।’ उनका अनुसार हालसम्म अस्पतालको ३५ भन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब संकलन गरेको जानकारी दिए ।

received_2737730499831790

गत शनिबार सप्तरी घर भएका कोशी अस्पतालका एक जना चिकित्सकलाई कोरोना पुष्टि भएको थियो । ती चिकित्सकको कन्ट्रयाक टे«सिङ गर्दा ओपिडी इन्चाज र कार्यालय सहायकको सम्र्पकमा रहेको देखिएपछि स्वाब संकलन गरिएको थियो । कोशी अस्पतलामा कार्यरत हालसम्म ४ जनामा कोरोना संक्रमण देखा परेको छ ।