ब्लाष्टखबर । प्रदेश १ का भारतसंग सिमाना जाेडिएका चार जिल्लाका विभिन्न स्थानिय तहलाई  काेराेना संक्रमणकाे उच्च जाेखिममा रहेकाे स्थानीय तहकाे सूचीमा राखेकाे छ । सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख एवं प्रवक्ता डा. सुरेश मेहताका अनुसार सुनसरी, माेरङ, झापा र इलामका भारतसंग जाेडिएका स्थानिय तहलाई  काेराेनाकाे उच्च जाखिममा राखेकाे हाे ।

जसमा सुनसरीकाे कोशी, भोक्राहा नर्सिङ, हरिनगर,देवानगञ्ज, बर्जु गाउपाँलिका सहित माेरङकाे ६, झापाकाे ५ र इलामकाे ४ बटा स्थानिय तह रहेका छन् । महताेले उच्च जाेखिममा रहेका ती स्थानिय तहमा विशेष सुरक्षा नितिका साथै परिक्षण संख्यामा बृद्धि गरिने बताएका छन् ।