ब्लाष्टखबर । कालीकोटको नरहरिनाथ गाउँपालिका ७ मा गय राती खसेकाे पहिराेले घर पुरिदा एकै परिवारका ७ जनाकाे मृत्यु भएकाे छ ।
राति सुतिरहेका बेला पहिरोमा पुरिएका माल्कोट बागाका ६२ वर्षीय गंगे बुढा, उनकी ६१ वर्षीया पत्नी नैना, बुहारी २४ वर्षीया कुशा बुढा, नातिनी १० वर्षीया चन्द्रिका बुढा, नातिहरु ७ वर्षीय रामबहादुर बुढा र डेढ वर्षका चरित्र बुढाको मृत्यु भएकाे जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताएका छन् । त्यस्तै पहिरोमा परी घाइते भएकी १२ वर्षीया बिमला बुढाको पनि उपचारका क्रममा मृत्यु भएको ओलियाले जानकारी दिएका छन् ।
गाउँपालिका वडा नम्बर ४ माझगोठीमा पहिरोमा परेर बेपत्ता भएका ७० वर्षीय बाले बुढा र उनकी पत्नी ६५ वर्षीया मना बुढाको पनि शव भेटिएको छ ।