सिरहा । सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि सिरहा प्रहरीले सचेतनामुलक कार्यक्रम गर्नुका साथै माक्स वितरण गरेको छ ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाको आयोजना कार्यक्रममा भाईरसबाट बच्ने उपायहरुबारे सर्वसाधारणलाई जानकारी गराउदै माक्स वितरण गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले बताए ।
पछिल्लो समय जिल्लामा संक्रमितको संख्या बढ्दै गईरहेको र लकडाउन पनि हटिसकेको अवस्थामा हुने लापरबाहीका कारण संक्रमण वृद्धि हुने भएकोले जिल्ला प्रहरी कार्यालय सिरहाको मातहत रहेको प्रहरी कार्यालयहरु द्धारा चोकःचोकमा सर्वसाधारणलाई सचेत गराईरहेको छ ।
प्रहरीले जनचेतनाका साथै उनीहरुलाई अनिवार्य रुपमा माक्स लगाउन सचेत गराईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक (एसपी) उमा शंकर पजियारले जानकारी दिए । सकडमा बिना माक्स लगाई मोटरसाईकल, साईकल र पैदल हिडने हजारै जनाभन्दा बढीलाई माक्स प्रदान गरिएको (एसपी) पजियारले जानकारी दिए ।
जिल्लामा संक्रमितको संख्या कम नभएकोले सबैलाई अनिवार्य रुपमा मास्क लगाउने बानी पार्नका लागी दबाबस्वरुप यस्तो कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी सिरहाका प्रदिपराज कडेंलले जानकारी दिए । संक्रमणबाट आफू मात्र नभई अरुलाइ बचाउनका लागि पनि मास्कले मद्दत पुग्ने प्रमुख जिल्ला अधिकारी कडेंलले बताए । प्रमुख जिल्ला अधिकारी कडेंलले भने संक्रमणका कारण छिमेकी जिल्ला आक्रान्त बनिरहेको अवस्थामा सिरहाबासी पनि सजह हुन आवश्यक रहेको बताए ।
उनले समयमै सबैजना सतर्क भएमा संक्रमण नफैलिने भएकोले यसबाट जोखिने उपायहरुमा विशेष ध्यान दिनुपर्ने बताए । उनले सकेसम्म तातो पानी खान, सरसफाईमा ध्यान दिनुका साथै पटक–पटक साबुन पानीले मिचिमिची हात धुने बानीको विकास गर्न आवश्यक रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी सिरहाका प्रदिपराज कडेंलले भने यस्ता बानीहरु नअपनाई बिना मास्क सडक, बजारमा हिड्डुल गरेमा संक्रमण रोग ऐन अन्तर्गत १ सय रुपैयाँ जरिवाना गर्ने समेत जानकारी दिए ।