धरान / पछिल्लो २४ घण्टामा ६२६ जना डिस्चार्ज भएका छन् । कोरोनालाई जितेर घर फर्कनेहरुको संखया बढेर गएको छ ।
आज मात्र थप १३९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप एक संक्रमितको मृत्यु हुदा मृत्यु हुनेको संख्या नेपालमा ४८ पुगेको छ ।
नेपालमा कुल संक्रमितको संख्या १८ हजार ७७२ पुगेको छ । उनीहरु मध्ये ४८ जनाको मृत्यु भएको छ । १३ हजार ७५४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र विभिन्न आइसोलेसन सेन्टरबाट ६२६ जना डिस्चार्ज भएको मत्रालयले जनाएको छ ।