विराटनगर/ विराटनगरस्थित कोशी अस्पतलामा कार्यरत एक जना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि ‘पोस्टनेटल वार्ड’ शिल गरिएको छ ।
आइतबार रातीदेखि कोशीकोे पोस्टनेटल वार्ड शिल गरि संक्रमति नर्सको सर्म्पकमा रहेकाहरूको स्वाम संकलनको तयारी सुरू गरिएको कोशी अस्पतालको सुपरिटेण्डेन (मेसुी) चुमनलाल दासले जानकारी दिए ।
संक्रमित देखिएको नर्स विराट नर्सिङ होममा पनि आङसिक रुपमा कार्यरत थिइन । विराट नर्सिङ्ग होमको संचालक समेत रहेका डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई कोरोना पुष्टि भएपछि संक्रमित देखिएकी नर्ससहित अस्पतालका कार्यरत स्वास्थ्यकर्मीहरूको स्वाब संकलन गरिएको थियो ।
आइतबार साँझ कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको अस्पतलाको मेसु दासले जानकारी दिए । संक्रमित देखिएको नर्स कोशी अस्पतलकी ‘पोस्टनेटल वार्ड’ मा कार्यरत हुन् । डेलिभेरी भएपछि राखिने वार्डलाई पोस्मेटल वार्ड भन्ने गरिन्छ ।
पोस्टनेटल वार्ड शिल गरेपछि कन्ट्रयाक ट्रेसिङ्ग मार्फत उनको सर्म्पकमा रहेकाहरू स्वाब संकलन गर्ने तयारी सुरू गरिएको मेसु दासले बताए । उनको अनुसार पोस्मेटल वार्डमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी र विरामीको स्वाब संकलन गरिने जानकारी दिए । ‘अहिले कन्ट्रयाक ट्रेसिङ्ग गर्न सुरू भएको छ,’ उनले भने, ‘सम्पर्कमा देखिएका सम्पूर्णको स्वाब संकलन गरिनेछ ।’ नर्स एक दिन अस्पतालको आएको बताइएको छ ।
कोशीको एक जना डाक्टरमा पनि कोरोना
कोशी अस्पतालका डा. फर्माकाेलाेजीका एक जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरी घर भएका चिकित्सकलाई गत शनिबार कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमण देखिएको चिाकित्सक अस्पतालमा काम भने सुरू गरेका थिएनन् । सप्तरी घरबाट आएलगतै ज्वार आउन थालेपछि स्वाब संलकन भएको थियो । कोशीको ल्याबमा गरिएको परीक्षणमा रिपोट पोजेटिभ आएको कोशी अस्पतालले जनाएको छ । संक्रमित चिकित्सक कोशी अस्पतलाको कोभिड उपचार केन्द्रमा अहिले उपचार भइरहेको छ ।