ब्लाष्टखबर । कोशी अस्पताल विराटनगरकाे आइसोलेशनमा एक जना  मृत्यु भएकाे छ  ।  मृत्यु हुनेमा इनरुवा नगरपालिका– ३ की ४० वर्षिय महिलाकाे रहेकी छिन् । बिहिबार अस्पताल भर्ना भएकी उक्त महिलामा  कोरोनासँग मिल्ने लक्षण देखिएपछि आइसोलेशनमा भर्ना गरिएको जनाइएकाे छ ।

शुक्रबार स्वाब संकलन गर्ने तयारी गर्दै गर्दा मृत्यु भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासलाइ उद्ध्रित गर्दै काेशी अनलाइने समाचार प्रकाशन गरेकाे छ । 

 मृत्यु भएपछि स्वाब संकलन गरिएकाे र  रिपोर्ट आउन बकि रहकाे जनाइएकाे छ ।