धरान / भारतबाट नेपाल ल्याउँदै गरेको ठूलो परिणामको अवैध माछा जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ । ।
भारतबाट नेपाल ल्याउँदै गर्दा सुनसरीको भाण्टाबारी नाकाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । कोरोनाको महामारीले विश्व आक्रान्त भइरहेको बेलामा अन्तरदेशिय आयात निर्यातमा रोक लगाइरहेको बेला प्रतिबन्धित माछा नेपाल भित्राएको पाइएको छ ।
अन्तरदेशिय आयात भएको पाएपछि सुनसरी प्रहरीले मागुर जातको माछा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले बताए । यस विषयमा प्रहरीले आज विहान सत्य तथ्य सार्वजनिक गर्ने बताइएको छ ।
पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १८ एवं पशु स्वास्थ्य तथा पशु सेवा नियमावली २०५६ को दफा १७ बमोजिम गुणस्तर तथा मापदण्ड सम्बन्धी व्यवस्थाको विपरीत भएकाले बताइएकाे छ ।
श्रोतका अनुसार कुनै पनि तरकारीजन्य बस्तु भारतबाट ल्याउदा क्वारेन्टाइन चेकजाँच गर्नु पर्ने हुन्छ । तर उक्त माछा ल्याउदा अन्य माछालाई देखाएर क्यारेन्टाइन चेक पास गर्ने गरेकोसमेत खुलेको छ ।
करिव ११ लाख मुल्य बराबरको उक्त माछा प्रहरीबाट छुटाउन २० लाखसम्मको अफर गरिएको श्रोतले बताएको छ ।
मुग्री जातको माहुर भन्ने माछा भण्डाबारीका सुवानिया मिँयाले भारतीय १८ चक्के गाडीमा ल्याइएको बताइएको छ । एक माछा व्यवसायीका अनुसार प्रतिबन्धित भन्दा पनि राजस्वमा ठगी गरिएको बताएको छ । भारतीय गाडी र ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएको माछा धरान, विराटनगर, पोखरा र काठमाडौँ सम्म निर्यातको लागि नेपाल ल्याइएको हाे ।