सिरहा । आमाको सम्झनामा सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.२ मा बस्ने एकल महिला पवित्री देवी कापरलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् । मिर्चैया नगरपालिका वडा नं. ५ बस्ने रामबाबु महतो (मनहरबा बाला)ले आफ्नो स्व.आमा थकनि देवी महतोको सम्झनामा एकल महिलालाई खाद्यान्न सामाग्रीहरु सहयोग गरिएको हाे ।
कापर मल्हनिया पिरारी गाउँको छेउमा रहेको रामजानकी मन्दिरको अगाडिमा पोखरीको दक्षिण किनारमा रहेकाे एलानि जग्गामा बस्दै आएकी छिन् । साहारा बिहिन रहेकी कापरकाे साथ १२ वर्षिय नातिन रहेकाे छ । बेसहार बनेकी उनलाय यतिबेला नातिनिकाे चिन्ताले सताउन थालेकाे उनले बताएकिछिन् ।
स्थानियकाे घरमा गएर घरेलु काम गरेर गुजारा गर्दै अाएकाी उनकाे कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी महामारी संगै राजिराेटि पनि खाेसिकाे छ ।
कापरले दुई छोरालाइ जन्म दिएकाे भएपनि जेठो छोरा बिरामी भएर मृत्यु भएको र कान्छो छोराको टाक्टर दुर्घटनामा मृत्यु भएको उनले बताएकी छिन् । कान्छी बुहारी नानी सानै छदाँ नानीलाई गएकाे उनि सुनाउछिन्
महतोले चामल २५ केजी , दाल १ केजी, आलु २ केजी , नुन १ केजी, धारा खाने तेल १ लिटर र कपडाहरू र नगद रू. ५ सय सहयोग गरेका छन् ।