वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाको चतरामा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
शनिबार सांझ भएको दुर्घटनामा रामधुनी भासी नगरपालिकाको वार्ड नम्बर ३ घर भएका मोटर साइकल चालक, १९ वर्षिय प्रशान्त चौधरी तथा सँगै बसेका अर्का २० वर्षका सरोज राई रहेको ईलाका प्रहरी कार्यलय चतराका प्रहरी नायब निरीक्षक (सई) भिम धमलाले जानकारी दिएका छन् ।
चतरा रामपुर सडक खण्डको पिपल डांडा स्थित स्थानमा रोकी राखेको, स्थानिय सुरेश राईको को २ ह २०६२ नम्बरको अटोरिक्शा लाई विपरित दिशा वाट चतरा आउँदै गरेको प्रदेश १ ०२०४१ प ८४८० नम्बरको पल्सर बाइकले,घुम्तीमा अनियन्त्रित भई सांझ करिव ६ बजेर ५ मिनेटमा ठक्कर दिएको स्थानिय लाई उद्धृत गर्दै चतरा प्रहरीले बताएको छ ।
दुर्घटनामा घाईते प्रशान्त चौधरीको घांटीमा र सरोज राईको निधारमा चोट लागेको छ । उनीहरु लाई प्राथमिक स्वास्थय केन्द्र चतरा प्राथमिक उपचार पछि थप उपचारको लागि धरान स्थित घोपा क्याम्प पठाईएको सई धमलाले बताए ।