ब्लाष्टखबर । लांघाली सामुदायिक वनकाे आवास गृह राखिएका सडक मानवहरूलाई माया घर नेपालले जिम्मा लिएकाे छ ।

लकडाउनकाे समयमा धरानका विभिन्न सडकबाट उद्दार गरिएका मुदायिक वनकाे आवास गृह राखिए ८१ जना सडक मानवहरूलाई उपमहानगरपालिका र माया घरबीच सम्झौता गरी जिम्मा लिएकाे हाे । जिम्मा लिएसंगै  स्याहार, स्वास्थ, खानपिन लगायत व्यावस्थापन  सर्पूण जिम्मा माया घरले लिएकाे छ ।

माया घर नेपालकी अध्यक्ष राधिका दासी र सामाजिक विकास प्रमुख प्रज्ञा निरौलाबीच भएकाे सम्झैतामा उपमहानगरपालिकाकाे तर्फबाट ४ महिना सम्म केहि रकम दिने भएकाे सडक मानव व्यवस्थापन समितिकी सदस्य तथा महिला सञ्जालकी अध्यक्ष सविता राईले जानकारी दिइन् ।

उपप्रमुख मञ्जु भण्डारी सुवेदीको उपस्थितिमा भएकाे उक्त समैझेता अनुरूप साउन १ गतेबाट माया घरले जिम्मा लिएकाे भएपनि इटहरी स्थित भवनमा काेठा व्यावस्थापनकालागी समय लाग्ने भएकाले कार्तिक सम्म ती मनिसहरूलाइ सामुदायिक वनकाे आवास गृहमै राखिने  माया घर नेपालकी अध्यक्ष राधिका दासीले बताएकी छिन् ।