धरान / कोरोना मुक्त भएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शुक्रबार १० जना डिस्चार्ज भएका छन् ।

प्रतिष्ठानका प्रवक्ता प्रा डा निदेश सापकोटाकाअनुसार ८ पुरुष र २ महिला कोरोना मुक्त भएर डिश्चार्ज गरिएको हो । डिश्चार्ज हुनेहरुको उमेर २५ बर्षदेखि ६६ बर्षसम्म रहेको छ ।

ती मध्ये झापाका ३, सुनसरीका ५ र मोरङका २ जना रहेका छन् । अव प्रतिष्ठानको आइशोलेसनमा दुइजनामात्र उपचरारत छन् । एक जनाकाे हिजाे मृत्यु भएकाे छ ।