धरान  / विभिन्न दीर्घरोगले थलिएका राजविराज नगरपालिका–६ का ७३ वर्षीय रामकृष्ण लालदासको बिहीबार राति मृत्यु भएको थियो । उनी व्यापारी हुन ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । मुटु, थाईराड र प्रोष्टेडका रोगी रहेका दास करिव २५ वर्षदेखि विभिन्न रोगको औषधी सेवन गर्दै आएका थिए । असार ३० गते ज्वरो तथा स्वास प्रस्वास सम्वन्धि समस्या देखिएपछि उनलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो ।

गोल्डेन अस्पतालमा निमोनियाँको समस्या देखिएको र कोरोना परीक्षण पश्चात मात्रै उपचार थाल्ने वताएपछि उनलाई धरान पुर्याईएको थियो । धरानमा पनि कोरोनाको संका लागि पिसिआर परीक्षण गरिएको थियो । हिजो साँझ मात्र रिर्पोट आएको थियो । उनीविभिन्न रोगले ग्रस्त भए पनि कोरोना संक्रमणको आसंकामा चिकित्सकले उनलाई छुट्टै राखेकाे थियाे । 

हिजो साँझ रिर्पाेट आए पछि प्रतिष्ठानका आइसोलेसन वर्डामा भर्ना गरिएको थियो । साइसोलेसन वार्डमा भेन्टिलेटरको कुनै सूविधान भएको कारण स्वाश प्रश्वासको समस्याका कारण मृत्यु भएको बताइएको छ ।

परिवारको स्वाब लिइयो, घर शिल गरियो 

 उनको मृत्यु सँगै पत्निसहित परिवारका अन्य ६ जना सदस्यको स्वाव परिक्षणको तयारी भईरहेको र घरलाई सिल गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनको दाहसंस्कारको प्रकृया समेत थालिएको छ ।

विरामी अवस्थामा रहेकी उनकी पत्निलाई उपचारका लागि गत चैत ५ गते भारतको दरभंगा लगिएको थियो । उनी घर फर्केसँगै परिवारका सवै सदस्य होम क्वारेन्टाईनमा वस्दै आएका थिए । सदगद गर्न उनलाई अाजै वीपी प्रतिषठानबाट नेपाली सेनाकाे सहकार्यमा पठाइएकाे  ।