उदयपुर / उदयपरमा अभद्र व्यहार मुद्दामा फरार रहेका एक अभियुक्त पक्राउ परेको छ । फरार अभियुक्त त्रियुगा नगरपालिका–१३ निबासी १९ वर्षीय विमल दनुवार मंगलबार पक्राउ परेको हो ।

२०७६ कात्तिक १२ गतेदेखि फरार रहेको अभियुक्त विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेका प्रहरी टोलीले नियन्त्रणमा लिएको जिप्रका उदयपुरले जनाएको छ ।
पक्राउ परेका फरार अभियुक्तलाई आवश्यक कारबाहीको लागी जिल्ला प्रशासन कार्यालय उदयपुरमा पठाएको प्रहरीले जनाएको छ ।