विराटनगर / नेकपा विप्लव समुहका पूर्वी कमाण्डरको सैन्य ईन्चार्ज पेस्तोलसहित पक्राउ परेका छन् ।
प्रहरीले विप्लप समूहका पूर्वी कमाण्डको सैन्य ईन्चार्ज तथा कालिकोट फेनेली घर भई हाल उर्लावारी नगरपालिका ३ मंगलबारे बस्ने ४० वर्षीय जोखिमर नन्दकिशोर भन्ने नन्दबहादुर बोहोरा आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पेस्तोपलसहित पक्राउ परेका हुन् ।

बोहरोलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको सयुक्त प्रहरीले टोलीले मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको साथबाट एक थान कटुवा पेस्तोल र थ्रीनटको ३ राउण्ड गोली पनि बरामद गरेको मोरङ प्रहरीका प्रवत्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । यस्तै प्रहरीले बोहराको साथबाट १ थान सकेट बम, ईलेक्ट्रिक डेटोनेटर केवल पनि बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

यि घटनामासंलग्न थिए बोहरा
प्रहरीको अनुसार बोहरा मोरङमा भएका विभिन्न घटनामा संलग्न फरार प्रतिवादी रहेको जनाएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका १ स्थित पूर्व पश्चिम लोकमार्गको दक्षिण साईट पानीटंकी छेउमा २०७४ चैत ११ गते सुतली बम राखेको उनी माथि अभियोग छ ।
यस्तै २०७६ जेठ १३ गते सुन्दरहरैचा नगरपालिका ७ ठडिया स्थित दिपशिखा माछा घर अगाडी पाथिभरा टोल पुर्व–पश्चिम राजमार्ग दक्षिण किनारमा भएको बिजुलीको पोल नजिकै प्रेशर कुकर बम, गते वैशाख ५ गते मिक्लाजुङ्ग गाउँपालिका १ साकेलाथान स्थित किसानचौक टाडी– रमिते, आईतबारे सडकखण्डमा निर्माण कार्यमा प्रयोग भएका ३ वटा स्काभेटरमा बम बिस्फोटन गराई आगो लगाई क्षेती पु¥याएको अभियोगमा पक्राउ गरेको पनि प्रहरीले जनाएको छ ।

यसैगरि २०७६ माघ १० गते केरावारी गाउँपालिका १० स्थित केरावारी गाउपालिकाको कार्यालयमा गत माघ १२ गते केरावारी गपा २ स्थितमा रहेको एनसेल टावरमा बम बिस्फोटन गराएको घटनामा पनि खड्का संलग्न रहेको मोरङ प्रहरीले जनाएको छ ।
यसैगरि गत भदौ ३ गते झापा बिर्तामोड नगरपालिका २ चारपाने चौक उत्तर पट्टि रहेको साहरा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रिय कार्यालय निर्माणधिन भवनको कम्पाउण्ड वाल र गार्ड रुमको बिचमा प्रेशर कुकर बम बिष्फोट गराएको पनि उनीमाथि अभियोग छ ।

यस्तै गत भदौ २० गते सुनसरी ईटहरी ९ स्थितमा रहेको सुष्मा गोदावरी स्कुलको कम्पाउण्डमा रहेको पर्खालमा अज्ञात मानिसहरुले प्रेसर कुकर बम विष्फोट गराएको, धरान उपमहानगरपालिका १९ स्थित वीवी काेइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कम्पाउण्ड भित्र रहेको दिल्ली पब्लिक स्कुलको गेटमा बम बिष्फोटन गराएको र भोजपुर तथा संखुवासभा जिल्लामा हातहतियार सम्बन्धी बिभिन्न घटनामा पनि बोहराको संलग्न रहेको प्रहरीले जनाएको छ ।
फोटो छ ।