ब्लाष्टखबर । संखुवासभाको धर्मदेवी नगरपालिका-१ तेल्लोकका ६१ बर्षीय रुद्र राईको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । सोमबार बिहानै मृतककै भतिजो स्थानीय ४३ बर्षीय गंगा राईले एक्कासी कुटपीट तथा धारीलो हतियारले समेत प्रहार गर्दा घाईते भएका राईलाई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र चैनपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी मुढेशनिश्चरेबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संग्लग्न गंगा राईलाई नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
भतिजाेले धारिलो हतियार प्रहार गरी काकाकाे हत्या
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































