धरान । धरान प्रहरीले ब्राउन सुगरसहित तीन युवालाई नियन्त्रणमा लिएको छ ।

आइतबार इलाका प्रहरी कार्यालय धरानले धरान–१८ शिवमार्गका प्रवल राईलाई शंकास्पद हिँडिरहेको अवस्थामा पक्राउ गरेपछि अन्यलाई पक्राउ गर्न सफल भएको हो । धरान–८ को भित्री सडकमा हिँडिरहेको अवस्थामा जाँच गर्दा १५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको इप्रका धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

सोधपुछका आधारमा धरान–८ का सविन राना मगर र सोही ठाउँका सुमेन मोक्तानलाई पक्राउ गरिएको हो । मोक्तानले बिक्री गरेको आरोप लागेपछि घरमा खान तलासी गर्दा १५० मिलिग्राम थप ब्राउन सुगर बरामद भएको डिएसपी बस्नेतले जानकारी दिए । उनीहरूलाई सोमबार म्याद थप गरी लागूऔषध ऐन २०३३ अनुसार कारबाही अगाडि बढाइएको छ ।