भद्रपुर / नेपालमा प्रतिबन्धित भारतीय ५ सय दरका १ लाख ४४ हजार रुपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापा कन्काई नगरपालिका ३ का ४३ वर्षीय मौषम श्रेष्ठ, कन्काई नगरपालिका ४ का २८ वर्षीय खुर्सेद आलम र झापा गाउँपालिका ५ का २४ वर्षीय एराजुल हक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीलाई गोप्य सूचनाको आधारमा मौसम श्रेष्ठको घरमा लुकाई राखेको अवस्थामा भारु ५ सय दरका २ सय ८८ थान बरामद गरिएको जिल्लाका डिएपी राकेश थापाले जानकारी दिए । खुर्सेदको साथबाट नेपाली साढे २० हजार रुपैयाँसमेत बरामद गरिएको उनले जनाए ।

लेनदेनको क्रममा खुर्सेद आलम र एराजुल हकलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान भइररहेको झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।