ब्लाष्टखबर । विराटनगर महानगरपालिका ४ स्थित विराटनगर एयरपोर्टको पश्चिम भिआर मा सुरक्षाका लागी खटिएका सेक्युरिटी गार्ड आज विहान मृत फेला परेका जिल्ला प्रहरी कार्यलय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मान बहादुर राईले बताएका छन् ।

अन्दाजी ६० वर्षका ईटहरी उपमहानगरपालिका ५ का हरिलाल चौधरी नाम गरेका उक्त सेक्युरिटी गार्डको एयपोर्टको गार्ड पास्टमा मृत अवस्थामा फेला परेका राईले बताएका छन् ।

विहान अवरे सम्म उनको पोस्टको ठोका नखुलेपछि ठोका खोलर हेर्दा उनि मृत अवस्थामा देखिएको भन्ने जानकारी आए संगै प्रहरी टोली घटना स्थलमा पुगी घटनाको अनुसन्धान भइरहेको उनले बताउका छन् ।