धरान / भारतका सुपरस्टार अमिताभ बच्चन र उनको छोरा अभिषेकमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरु दुवैजनालाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको इण्डिया टुडेले जनाएको छ ।

कोरोना भाइरसको  परीक्षण गरेपछि अमिताभ बच्चनले मुम्बईको नानावटी अस्पतालबाट आफैंको तस्वीर ट्विटर मार्फत सार्वजनिक गरेका थिए । उनलाई शनिबार राति अस्पतालमा सारिएको थियो ।

‘आज बेलुका मैले कोविड १९ को परीक्षण गरें । अस्पतालमा सारियो। परिवार र स्टाफको नतिजा पर्खाइमा छ । अन्तिम १० दिनमा मेरोनजिक हुनु हुनेहरुले सबै आफै जाँच गर्नुहोस् ।’ –उनले भनेका छन् ।
शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा ८ लाख ५० हजार ३  सय  भन्दाबढी  संसंक्रमितको संख्या पुगेको छ । २२ हजार ट सय ७८ जनाकाे मृत्यु भइसकेकाे छ ।

amitab