ब्लाष्टखबर । प्रदेश १ मा पछिल्लाे २४ घण्टामा २ जनामा मात्र काेराेनकाे संक्रमण देखिएकाे छ । प्रदेशीक जनस्वास्थ प्रयाेगशाला विराटनगरमा गरिएकाे परिक्षणमा सुनसरीका १ जना र झापाका १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले जनाकारी दिएका छन् ।

उनले प्रदेश १ का विभिन्न स्थानमा रहेकाे क्वारेन्टाइमा जम्मा २ हजार ८ सय ५० जनाले सेवा लिइरहकाे जानकारी गराएका छन् । हाल प्रदेश १ मा १ सय ९६ जना काेराेना संक्रमितकाे विभिन्न अस्पतालकाे आइसाेलेसनमा राखी उपचार भइरहकाे बताउदै गाैतमले काेराेनाकाे संक्रमणबाट निकाे हुनेकाे संख्या हालसम्म ५ सय ४३ जना रहेकाे जानकारी गराएका छन् । 

उनले प्रदेश १ का तिन जिल्ला धनकुटा, भाेजपुर र साेलुखुम्बु काेराेना मुक्त रहकाे पनि बताएका छन् ।