धरान / नेपालमा कोरोना भाइरस संक्रमण दर दिन दिनै बढे पछि सचेत रहन गृह मन्त्रालयले उर्दी जारी गरेको छ ।
माक्स अनिवार्य लगाउन स्थानीयलाई जानकारी गराउन माताहतका जिल्ला प्रशासन कार्यालयहरुलाई सोमबार नै निर्देशन जारी गरेको थियो ।
गृहको निर्देशन अनुसार मंगलबार जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी गरेर अनिर्वाय माक्स लगाउन आग्रह गरेको छ । माताहतका प्रहरी प्रशासनलाई कडाई गर्नसमेत निर्देशन जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए ।

सचेतनाका लागि हिजो साँझ सुनसरीका सबै स्थानमा माइकिङ गरिएको छ । आजदेखि माक्स नलगाई हिड्नेलाई पक्राउ गर्नेसमेतको चेतावनी दिइएको थियो ।
माइकिङ गरेर नागरिकलाई सजक रहने सन्देश दिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले जानकारी दिए ।

‘हामीले माइकिङ गरेर सजक रहन भनेका छौं । पहिलो चरणमा सम्झाई बुझाई गर्ने हो । टेरेनन भने बल प्रयोग गर्नु पर्ने अवस्था पनि आउन सक्छ ।’–एसपी थापाले ब्लाष्टखवरसँग भने–‘कोरोना झन झन बढ्दैं छ । तर मानिसमा डर भने हराएर गएको छ । यस्तो अवस्थामा उहाँहरुलाई सम्झाएर सचेत गराउने हो । त्यसो गर्दासमेत नटेरे पक्राउ गछौं ।’

यता इलाका प्रहरी कार्यालय धरानले भने आज माक्स नलगाई बजार क्षेत्रमा हिडडुल गर्नेलाई पक्राउ गरेर कोराेनोबारे जानकारी गराएर छाडेको छ । केही व्यक्तिलाई भानुचोकबाट नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय परिसरमा राखेर  सचेत गराइएकाे इप्रका धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । गृहले घर बाहिर ननिस्कन अनुरोध गरेको छ । निस्कन परे अनिर्वाय माक्स लगाउन भनेको छ । कोरोना भाइरस संक्रमित दिन दिनै बढे पछि यस्तो निर्देशन जारी गरिएको हो ।

बुधबार विहानको तथ्याङ्क अनुसार नेपालमा १६ हजार १६८ जनामा संक्रमण छ । ३५ जनाको ज्यान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२ लाख ६१ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षणबाट १६ हजारमा संक्रमण देखिएको हो । हालसम्म ७ हजार ४ सय ९९ जना निको भएर घर फर्केको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । 

update 1