• अनिल श्रेष्ठ

धरान  / अनुचित लाभ लिने उद्देश्यले धरान उपमहानगरपालिका भित्र रहेको औषधी फार्मेशीले औषधीको व्यापाक दुरूपयोग गरि लागूऔषध प्रयोगकर्ताहरूलाई विक्री गर्ने गरेको पाइएको छ ।
लागत मूल्य भन्दा तीन गुणा बढी पैसा असुली गरि औषधीको दुरूपयोग गर्दै फार्मेशीले लागूऔषध प्रयोगकर्ताहरूलाई औषधी विक्री गर्ने गरेको पाइएको हो ।

औषधी व्यवस्था विभाग विराटनगरको टोली र इलका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले औषधीको दुरूपयोग गरि विभिन्न प्रकारको औषधी लागूऔषध प्रयोगकर्ताहरूलाई बिक्री गरेको आरोपमा धरान उपमहानगरपालिका – ७ भानुचौकस्थित सुमन फार्मेशीका संचालक पक्राउ परेका छन् । मंगलबार औषधी व्यवस्था विभाग विराटनगरका फार्मेशी अधिकृत सरोज सुवेदीको नेतृत्वमा गएको टोलीले सुमन फार्मेशीका संचालक धरान ७ का ५३ वर्षिय बिनयकुमार गुरूङ्गलाई पक्राउ गरेको हो ।

पक्राउ परेका फार्मेशी संचालक गुरूङ्गले चिकित्सकको ‘प्रेस्किप्सन’ बेगार औषधीको दुरूपयोगले गरेको आरोपमा पक्राउ गरिएको औषधी व्यवस्था विभाग विराटनगरका निमिक्त कार्यालय प्रमुख फार्मेशी अधिकृत संजीव शर्मा कट्टेलले जानकारी दिए ।

चिकित्सकले पूर्जीमा लेखिएको खण्डमा मात्र प्रिगावालिन’, ‘प्रेगास्टार’ र ‘डाइसाइक्लोमिन’ नामक औषधी फार्मेशीले विक्री वितरण गर्न पाउँछ । तर, धरानका सुमन फार्मेशीका संचालक बिनय कुमार गुरूङ्गले पैसाको लोभमा तेब्बर मुल्यमा धरान १० बस्ने बर्ष २० का सम्यक श्रेष्ठ, सोही ठाउँका २२ वर्षिय सहबाज सिद्धिकी, धरान १५ का २९ वर्षिय अमिर नेपाली र २२ वर्षिय अर्जुन बराइलीलाई सो औषधी सोमबार विक्री गरेका थिए ।

पक्राउ परेका लागूऔषध प्रयोगकर्ताहरु हुन । पक्राउ परेकाहरुसँग प्रहरीले सोधपुछको क्रममा सुमन फार्मेशीबाट सो औषधी खरिद गरेको जानकारी दिएपछि औषधी व्यवस्था विभागसँग समन्य गरि फामेर्शीमा छापा मारेको थियो ।

प्रहरी र औषधी व्यवस्था विभाग छापा हानेर प्रिगावालीन ४० पत्ता, प्रेगास्टार ४० र डाइसाइक्लोमिन ४० पत्ता बरामद गरेको छ । प्रहरीले पक्राउ गरेको चार जना लागूऔषध प्रयोगकर्ता रहेको र आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाएको इप्रका धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । लकडाउनको समयमा लागूऔषध प्रयोग गर्न नपाएपछि बरामद भएको औषधीलाई नशाको रुपमा प्रयोग गर्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाई छ ।

उनका अनुसार फार्मेशी संचालक गुरूङ्गले एपाबालिन –७५ कम्पनीको ‘प्रिगावालिन’ यस्तै ‘प्रेगास्टार’ र ‘डाइसाइक्लोमिन’ नामक औषधीको दुरूपयोग गरि लागूऔषध प्रयोगकर्ताहरूलाई विक्री गरेको पाइएपछि पक्राउ गरिएको बताए ।

५० देखि ६० रुपैयाँ पर्ने उक्त औषधी सुमन फार्मेशी संचालक गुरूङ्गले २ सय रुपैयाँमा विक्री गर्ने गरेको विभागले जनाएको छ । पक्राउ परेका फार्मेशी संचालक गुरूङ्गलाई औषधी ऐन २०३५ को दफा १८ बमोजिम कारवाहीको प्रक्रिया अगाडी बढाउने कट्टेलले जानकारी दिए ।

binaya gurung