भण्टाबारी । श्रोत नखुलेको करिब तीनलाख भारतीय रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । सीमा सिल भएको अवस्थामा लुकिछिपी चोरबाटो हुँदै भारततर्फ जादै गरेको अवस्थामा उनीहरूलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
 
पक्राउ परेका भारतीयहरुले लकडाउनको समयमा मजदुरी गरेबापत नेपालमा कमाएको रुपैयाँसहित आफूहरू घरतर्फ जादै गरेको बताए पनि श्रोत नखुलेकोले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीका इन्स्पेक्टर प्रेमसिंह विष्टले जानकारी दिए ।
चोरबाटो हुँदै सुनसरीको कोशी गाउँपालीका वडा नम्बर ८ भण्टाबारीस्थित रहेको चारकुनै नाकाबाट सोमबार साझ २ लाख ७६ हजार भारतीय  रुपैयाँसहित भारत अररिया जिल्ला बस्ने वर्ष २८ का आरिफ मिँया र वर्ष ३१ का कमरु जमालाई पक्राउ गरेको उनले बताए ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाइएको बिओपी भण्टाबारीले जनाएको छ ।