भद्रपुर / विदेशी नागरिकलाई नागरिकता बनाई दिने जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई पक्राउ गरिएको छ । झुठो विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता राहदानी बनाइदिने आचार्यलाई प्रहरीले काठमाडौंको गठ्ठाघरबाट पक्राउ गरिएको हो ।

झुठ्ठा विवरण पेश गरि बिदेशी नागरिकलाई नागरिकता राहदानी बनाई दिएको कसुर मुद्धामा जिल्ला अदालत झापाले ०७२ मंसिर १० गते वारेन्ट जारी गरेको थियो । आचार्यलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी निरीक्षक साकारराज पन्तले शनिबार पक्राउ गरेका हुन् । आवश्यक कारबाहीको लागि प्रहरीले आचार्यलाई आइतबार जिल्ला अदालत झापामा बुझाएको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।