बेलबारी / बेलबारी स्थीत फेरि अर्का एक व्यक्तिमा कोरोना  भाइरस  संक्रमित पुष्टि भएसंगै बेलबारीमा कोरोना संक्रमितको संख्या दुई पुगेको छ । आईतवार आएको रिपोर्टमा बेलबारी वाड न. २ का वर्ष ५० वर्षीय  एक पुरुषमा कोरोना संक्रमिण देखिएको हो ।
 
बेलबारी स्वास्थ्य शाखाका अनुसार भारतको पंजाबबाट घर फर्केका उक्त व्यक्ति असार १० गते बेलबारी क्वारेनटाइनमा राखिएको थियो । ८ जनाको स्वाब सङ्कलन गरेर असार १९ गते प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको थियो । पिसिआर विधिबाट भएको परीक्षणमा ७ जनाको नेगेटिभ र एक जनाको पोजेटिभ रिर्पोट आएको बेलबारी स्वास्थ्य शाखाले जनाएको छ ।
 
आज (आइतबार) १६ जनाको स्वाब परीक्षणको लागि पठाइएको बेलबारी स्वास्थ्य शाखाले जनाएको छ । क्वारेनटाइनमा ५० जना रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
बेलबारी क्वारेनटाइनमा अहिले ६१ जना रहेको स्वास्थ्य शाखाका सन्तोष विश्वकर्माले जनाएका छन् । सन्तोषका अनुसार दोस्रो संक्रमितलाई पनि सुन्दरहरैचा स्थीत रहेको कोरोना उपचार केन्द्र पठाउने तयारी भइरहेको बताएका छन् ।