खुवासभा । वातावरणीय प्रभाव मूल्यांकनबिना ठेक्का लगाई डोजर लगाउँदा ६० घर पहिरोको उच्च जोखिममा परेकाे छ।
गत असार १७ बाढीले हुङ्गुङ निवासी गोबा वान्जिन भोटेको घर नै चर्किएकाे थियाे । स्थानीय मिक्मा तेम्बाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै गोबा वान्जिन घरबाट ज्यान जोगाएर भागेका थिए ।
उनकाे उत्तर दक्षिण कोशी सडकले बिना आईइए ठेक्का लगाएर गजुरमुखी निर्मान कम्पनीले गाउँको माथिल्लो भेगमा होमपाई तथा ग्याबिङ जाली नहाली जथाभावी डोजर लगाएको आरोप छ । यसरी असुरक्षित तरिकाले जथाभावी डोजर लगाउनाले तल्लो भेगमा रहेको ६० घर पहिरोबाट उच्च जोखिम रहेको जनाइएको छ । यश बिषयलाई लिएर हुङ्गुङ सडक सरोकार समितिले समेत गत २०७६ साल फागुन १९ गते जिल्ला प्रशासन कार्यालय संखुवासभामा ध्यानाकर्षणपत्र बुझाएको जनाकारी दिएकाे छ ।
तर पनि सुनुवाइ नभै सडक कार्यालय र ठेकेदारले बेवास्ता गरेको समितिले आरोप लगाएकाे छ। यसरी बेवास्ता गरेको भन्दै स्थानियले डोजरको चाबी नियन्त्रणमा लिएका छन् । आगामी दिनमा काम शुरु गर्ने सर्त गरिए पनि बर्खा लाग्दासम्म शुरु नगरि बेवास्ता गरेको बताए । यस बिषयलाई लिएर भोटखोला गाउपालिकामा समेत तत्काल जिउ धनको सुरक्षा गर्न भनेर निवेदन दिदा समेत सुनुवाइ नभएको समितिले गुनासो गरेको छ।
कहिँ कतै पनि सुनुवाइ नभएपछि हुङ्गुङ सडक सरोकार समितिले आन्दोलनको चेतावनी दिएको छ । जसका लागि नागरिक समाज राजनीतिक दल बुद्धिजीवी सबैलाई हारगुहार गरेको छ ।