लक्ष्मीमार्ग । बेलबारी ११ लक्ष्मीमार्गस्थित शनिबार बिहान आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।

लक्ष्मीमार्ग संगम टोलका हरि सुबेदीको घरमा बिहान करिब ३ बजे आगलागी हुँदा १० लाख बराबरको क्षतिकाे अनुमान गरिएकाे डाँगीहाट प्रहरी चौकी भाउन्नेले जनाएको छ । ८ तोला सुन, ४० हजार नगद र काठको घर जलेर नष्ट भएको चौकीका हवल्दार लीला अधिकारीले बताए । बेलबारी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।