ब्लाष्टखबर । भारतकाे कानपुरमा अपराधिक गिराेह र प्रहरीकाे झडप हुदाँ ८ प्रहरीकाे मृत्यु भएकाे छ भने ४ घाइते भएका छन् । 

लामो समयदेखि फरार अभियुक्त विकास दुवेलाई पक्रन प्रहरी टाेलीलाई संगदुवे र उनकै समूहकाे कानपुरको शिवराजपुर क्षेत्रमा गय राति १ बजे मुठभेड भएको थियो।

अपराधिक गिराेहले प्रहरीहरुको हतियारसमेत लुटेर फरार भएको बताइएको छ । घटना भएकाे  ठाउँदेखि केही टाढामा अर्काे मुठभेडले  प्रहरीले तीन अपराधीलाई मारेको भारतिय सञ्चार माध्यमले जनाएकाे छ । मारिएकाहरू दुवे समुहकै रहेकाे भएपनि दुवेलाई भने प्रहरीले पक्रन नसकेकाे बताइएकाे छ । 

मुख्यमन्त्री योगी आदित्यनाथले आक्रमणकारीहरुविरुद्ध कारवाही चलाउन निर्देशन दिएका छन् । उत्तर प्रदेश प्रहरीले सबै सीमा नाका बन्द गरेको छ ।