धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञानमा हालसम्म १९१ जना संक्रमितहरु निकोभएर घर फर्केका छन् । विहीबार ६ जना निको भएर घर फर्किएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

सुनसरीका २ र मोरङका ४ जना रहेका छन् । उनीहरुलाई गत असार ८ गते प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । उनीहरु ५ देखि ४२ बर्ष उमेर समुहकारहेका छन् ।

प्रवक्ता सापकोटाका अनुसार आज १६ जना नयाँ संक्रमित भर्ना गरिएको छ । हाल प्रतिष्ठानमा अझै ४४ जनाको उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ ।