ब्लाष्टखबर । म्याग्दी जिल्लाकाे धाैलागिरी नगरपालिका ४ का एक ४९ दिने काेराेना संक्रममित शिशुकाे मृत्यु भएकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले जनाएका छन् । 

असार ९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकाका ति शिशुकाे  लामाे समयदेखी समस्या भएकाेले अाइसियुमा राखेर उपचार गरिएकाेमा बुधबार साझ मृत्यु भएकाे प्रवक्ता गौतमले बताएका छन् । 

यस संगै नेपालकाे मृत्यु हुने काेराेना संक्रमितकाे संख्या ३१ पुगेकाे छ ।