मधुमल्ला । मोरङको मिक्लजुङमा रहेका लयन्स क्लबहरुले बिश्वमा भैइरहेको बातावरणिय क्षति लाई कम गर्न सहयोग पुर्याउने उदेश्यले लायन्स बर्ष २०२०/०२१ को पहिलो दिन पारेर वृक्षारोपण कार्यक्रम सम्पन्न गरेकाछन । बुधबार मिक्लाजुङमा रहेका लायन्स क्लब अफ मधुमल्ला र लायन्स क्लब अफ मिक्लाजुङको संयुत्त आयोजनामा बक्राहा बाधमा बिभिन्न खयर, मशला, लगयत विभिन्न जाताका ५०० बिरुवा रोपिएको लायन्स क्लब मिक्लाजुङका वृक्षा रोेपण कार्यक्रम संयोजक प्रविन गौतमले बताए ।

लायन बर्ष को पहिलो दिन बिश्वमा भैइरहेको बातावरणिय क्षति लाई कम गर्न र बक्राहा बाधमा बृक्षरोपण गर्दा बाढिको जोखिम लाई पनि कम गर्न सकिन्छ भन्ने उदेश्यका साथ बृक्षा रोपण कार्यक्रम गरेको लायन्स क्लब अफ मधुमल्लाका वृक्षा रोपण कार्यक्रम संयोजक कोमल ढकालले बताए । लायन्स क्लबहरुले बक्राहा खोलाको बाँध क्षेत्र बृक्षरोपण र बिरुवा हरुको निरन्तर रेख्देख र संरक्षण पनि गर्दै आईरहेका छन ।

बृक्षा रोपण कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख आतिथी तथा मिक्लाजुङ गाउँपालिका वडा नं.६ वडाध्यक्ष बुद्धीलला निरौलाले लयन्स क्लबहरुले खोला प्रभावीत क्षेत्रलाई प्राथमिकतामा राखेर वृक्षा रोपण कार्यक्रम गरेकोमा खुःसी व्याक्त गर्दै क्लबहरुलाई धन्यवाद दीए ।

कार्यक्रममा दुबै क्लबका अध्यक्षहरु चुणामणी प्याकुरेल र छत्र डाँगि, डिस्ट्रिक चेयर पर्सन सुरेन्द्र श्रेश्ठ, सब डिभिजन बन कार्यलय मधुमल्लाका प्रमुख कल्याण लम्साल, इलाका प्रहरी कार्यलय मिक्लाजुङका प्रमुख रामकाजी कटुवाल र दुवै क्लबका पदाधीकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।