उर्लाबारी । कुवेत र दुवईबाट आएर क्वारेनटाईनमा बसेका उर्लाबारीका २ पुरुष सहित ७ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।

उर्लाबारी नगरपालिकाले स्थानिय राधिका माध्यमिक बिद्यालयमा संचालन गरेको क्वारेनटाईनमा रहेका ७५ मध्ये ७ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य शाखाका सह–संयोजक सुरेश खड्काले बताएका छन । संक्रमण पुष्टी भएकाहरु २०७७ असार ५, ७ र ८ गते दुवई र कुवेतबाट आएका नगरका १,२,३, र ९ नं. वडाका एक एक जना, ३ र ४ नं. वडाका ३ जना रहेका छन ।

प्रादेशकि प्रयोगशाला बिराटनगरमा पठाईएको स्वाब परिक्षणको नतिजा बिहीबार आएको हो । संक्रमण पुष्टी भएकाहरु २१ बर्ष देखि ४६ बर्ष उमेर समुहका रहेका उनिहरुलाई उपचारको लागि गोठगाउ“ र बिराटनगरको कोभिड–१९ अस्पताल पठाईएको सहसंयोजक खड्काले बताएका छन ।

नगरपालिकाको स्वास्थ्य शाखाले क्वारेनटाईन रहेका सहित फ्रन्टलाईनमा बसेर कार्य संम्पादन गर्ने जनप्रतिनिधी, स्वस्थ्यकर्मी, कर्मचारीहरुको गरी ७० महिला सहित १ सय ९७ जनाको स्वाब परिक्षण गर्दा ७ जनामा कोरोना भाईरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य शाखाका सहसंयोजक रेनुकाप्रसाद काफलेले बताएका छन ।

चैत्र ११ गते लकडाउन शुरु भए देखि लकडाउनको कार्यन्वयनमा नगर प्रमुख सडकमा निस्किएर संक्रमण नगर नभित्रीनेमा ढुक्क भएका नगरबासीहरुलाई नगर प्रमुख खड्ग फागोले कोरोना संक्रमणको भाईरस विदेशबाट आएकाहरुमा मात्र भेटिएको बताउदै“ समाजमा फैलिन नपाएकोले नआत्तिन अनुरोध गरेका छन । साथै नगर प्रमुख फागोले हिड्डुल तथा व्यावसाय गर्ने र उपभोक्ता महानुभाव सवैले सुरक्षाका विधी अपनाएर मात्र हिड्डुल र व्यवसाय गर्न समेत आग्रह गरेका छन ।